२१ विषयमा निःशुल्क सीपमुलक तालिम, १४७५ जना माग

जीविको २०८० असोज २२ गते ८:५४

लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रको वार्षिक कार्यक्रम अनुसार हाउस वायरिङ्ग, उद्यमशीलता विकास, खाद्य प्रशोधन, प्याट्रन सिलाई (बेसिक, एडभान्स ), फेसन डिजाइन, कृष्टल सामाग्री उत्पादन, व्युटिसियन (बेसिक, एडभान्स ), प्लम्बिङ्ग, मोबाईल मर्मत, मोटरसाइकल मर्मत, कफि वारिष्टा, बेकरी बेसिक, बाँसजन्य सामग्री बनाउने, गुडिया बनाउने, बारबर (कपाल काट्ने), साबुन बनाउने, कम्प्यूटर विधिबाट काठ काट्ने, लेजर विधिबाट काठ काट्ने, कम्प्यूटर मर्मत तालीम सञ्चालन हुने भएको हुँदा तालीम लिएर भविष्यमा उद्यम व्यवसाय गर्न इच्छुक व्यक्तिहरुले २०८० कार्तिक २ गतेसम्म केन्द्रको वेवसाइट www.mcsipc.gov.np मा रहेको अनलाइन आवेदन पोर्टलमा गएर अनलाइन आवेदन पेश गर्न सक्नेछन् । उक्त वेवसाइटमा रहेको सूचना पाटीमा यस अवसरसँग सम्बन्धित आवेदकको योग्यता, अनलाईन आवेदन पेश गर्ने तरिका एवम् अन्य विस्तृत बिवरण उपलब्ध रहेकाले सो बारेमा जानकारी लिएर आवेदन पेश गर्न सकिन्छ । यस तालीमहरुसँग सम्बन्धित छनौट तथा अन्य थप सूचना वेवसाइटको सूचना पाटीमा नै प्रकाशित हुने केन्द्रले जनाएको छ ।

नि:शुल्क सीपमुलक तालिम सम्बन्धी महत्वपूर्ण जानकारी

१. प्रशिक्षार्थीलाई तालीमका लागि आवेदन दिएवापत वा सहभागी भएवापत कुनै शुल्क लाग्ने छैन ।
२. प्रशिक्षार्थीमा हुनुपर्ने योग्यताः- नेपाली नागरिक, १८ वर्ष उमेर पुरा भएको हुनुपर्ने, साधारण लेखपढ गर्न सक्ने, बूँदा नं. ३ मा तोकेको तालिम सँग सम्बन्धित योग्यता ।
३. अनलाइन निवेदन साथ पेश गर्नुपर्ने कागजातहरु: (इमेज फाइल :- निम्न कागजातहरुको इमेज फाइल (png,jpg वा jpeg) अनलाइन आवेदनसँगै पेश गर्नुपर्नेछ ।
क) नेपाली नागरिकताको प्रमाणपत्र
ख) पासपोर्ट साईजको फोटो
(ग) शैक्षिक योग्यताको प्रमाणपत्र
घ) लक्षित समूहमा पर्ने भन्ने खुल्ने कागजात
ङ) व्यवसायिक योजना संक्षिप्तमा वढीमा २ पेज (अनलाईनमा टाईप पनि गर्न सकिने)
च) एडभान्स प्याट्रन सिलाई, फेशन डिजाइन तथा एडभान्स ब्युटिसियन तालिमको लागि यसअघि आधारभुत तालीम लिएको प्रमाणपत्र
छ) कम्प्यूटर विधिबाट काठ काट्ने एवं लेजर विधिबाट काठ काट्ने तालिमको लागि कुनै पनि ईन्जिनियरिङको विषयमा कम्तीमा प्रमाणपत्र तह उतीर्ण गरेको वा कुनै पनि ईन्जिनियरिङको विषयमा स्नातक तहमा अध्ययनरत रही कम्तिमा प्रथम वर्ष उतीर्ण गरेको ट्रान्सक्रिप्ट वा
लब्धाङ्कपत्र (Basic Engineering Drawing र Machine Drawing विषय उत्तीर्ण हुनुपर्ने)
४. योग्यता पुगेको आवेदकले पेश गरेको व्यवसायिक योजनालाई मुख्य मापदण्ड मानी प्रशिक्षार्थी छनौट गरिनेछ । व्यावसायिक योजनाको प्रस्तावको ढाँचा केन्द्रको वेवसाइटको सूचना पाटीमा राखिएको छ । प्रशिक्षार्थीले आफैले तयार पारेको ढाँचामा पनि व्यावसायिक योजनाको प्रस्ताव पेश गर्न सक्नेछ ।
५. गरिव, आर्थिक रुपले विपन्न, दलित, जनजाति, आदिवासी, महिला, मधेसी एवम् सिमान्तकृत पिछडिएका अल्पसंख्यक व्यक्ति, अपाङ्ग, शहिद परिवार द्वन्द्व पीडित व्यक्तिहरु, रोजगार सूचना केन्द्रमा सूचिकृत बेरोजगार तथा अर्ध बेरोजगार लगायत यस केन्द्रको बेवसाईटमा रहेको लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन तालीम कार्यक्रम संचालन कार्यविधि २०७७ को दफा ४ ले तोकेको लक्षित समूहमा पर्ने व्यक्तिहरुलाई विशेष प्राथमिकता दिइनेछ । लक्षित समूहमा पर्ने भन्ने खुल्ने कागजात पेश गर्नुपर्नेछ ।
६. तालीममा छनौट गरिने प्रशिक्षार्थीको नामावली केन्द्रको वेबसाइट www.mcsipc.gov.np मार्फत् सूचना प्रकाशित गरेर जानकारी गराइनेछ ।
७. तालीम सञ्चालन हुने स्थान:- प्रशिक्षार्थीहरुले अनलाइन आवेदन मार्फत् रुचिअनुसार तालीम सञ्चालन हुने स्थान छनौट गरेतापनि यस केन्द्रले स्रोतसाधन, भौतिक पूर्वाधार, बजेट, प्रशिक्षक उपलब्धता, आवेदक संख्या जस्ता सीमाभित्र रहेर छनौट गरेको स्थान नै लागू गरिनेछ ।
८. म्यादभित्र प्राप्त नभएको दरखास्त उपर कुनै कारवाही हुनेछैन ।
९. उपयुक्त संख्यामा आवेदन प्राप्त नभएमा वा अन्य कुनै कारणले केन्द्रले कार्यक्रम संशोधन वा रद्द गर्न सक्नेछ ।
१०. दरखास्त पेश गर्नुपर्ने अन्तिम मिति:- २०८०।०७।०२ गतेभित्र ।
११. थप जानकारीको लागि केन्द्रको वेबसाइटमा उल्लेखित केन्द्रको ठेगाना र सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ ।
१२. अनलाइन आवेदनमा पेश गर्नुपर्ने विवरण एवम् कागजातहरु नभरेको / प्राप्त नभएको वा स्पष्ट नभएको कारण आवेदन रद्द हुन सक्ने भएकोले आवेदकले आवेदन पेश गर्नुभन्दा पहिले राम्ररी रुजु गर्नुपर्नेछ ।
१३. प्रशिक्षार्थीले तालीममा सहभागी भएवापत् कुनै पनि प्रकारको भत्ता एवम् सुविधा पाउने छैनन् ।
१४. अनलाईन आवेदनमा उल्लेख गरेको मोबाईलमा सम्पर्क नहुने वा मोबाईल नम्बर परिवर्तन वा कुनै त्रुटि भएका कारण केन्द्रले सम्पर्क गर्न नसक्ने हुनाले प्रशिक्षार्थीहरुले तालीम सञ्चालन हुने यकिन स्थान, मिति र समय तथा तालिम संबन्धि अन्य जानकारी समय समयमा यस केन्द्रको वेवसाइटको सूचना पाटीमा राखिने सूचना हेरी वा केन्द्रमा सम्पर्क गरी स्वयम् प्रशिक्षार्थीहरुले आवश्यक जानकारी प्राप्त गर्नुपर्नेछ । यस सम्बन्धमा छुट्टै व्यक्तिगत सूचना दिनुपर्ने गरी माग वा गुनासो आएमा कुनै सुनुवाई गरिने छैन ।
१५. दुईवटा भन्दा बढी तालीमको आवेदन दिन सकिने छैन । एक जनाले सकभर आफ्नो व्यवसायिक रुचि अनुसार एक तालीमको छनौट गर्न निवेदकलाई प्रोत्साहन गरिनेछ ।
१६. संचालन हुने तालीमका विषयहरुः संचालन हुने तालीमका बिषयहरुको सूचि निम्न तालिकामा राखिएका छन् ।

१७. अनलाइन पोर्टलमा दरखास्त पेश गर्ने तरिका:-
क) इन्टरनेट तथा स्पिकर भएको कम्प्युटर (मोवाइल प्रयोग गर्न मिल्ने भएपनि सम्भव भएसम्म कम्प्युटर नै प्रयोग गर्नु होला) मा वेव ब्राउजर खोलेर बेवसाईट www.mcsipc.gov.np मा गएर “अनलाइन आवेदन” मा Click गर्ने ।
ख) तपाईको कम्प्युटरमा निम्न बमोजिमको window देखिनेछ ।

(ग) तपाईको कम्प्युटरमा माथि तस्वीरमा देखिएको Window मा “ User guide” वा युट्युव (YouTube) को बटनमा “Click” गरेपछि युट्युव भिडियो खुल्नेछ ।
(घ) उक्त युट्युव भिडियोले तपाईलाई अनलाईन फारम पेश गर्ने सबै तरिकाहरु सिकाउने छ ।
(ङ) उक्त युट्युव भिडियोले दिएको जानकारी र यो सूचनामा रहेको बिवरणमा केही फरक परेमा यो सूचनाको विवरण नै मान्य हुनेछ ।
(च) थप जानकारीका लागि केन्द्रमा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया

One thought on “२१ विषयमा निःशुल्क सीपमुलक तालिम, १४७५ जना माग

  1. म पनि काम सिक्न सक्छु सर मेरो उमेर 38 वर्ष हाल म ललितपुरमा बस्छु कामको खोजीमा म पनि धेरै दिन बाट भौतारीदै छु हातमा सीप नभएकोले होला सायद मैले अहिले सम्म काम पाएको छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *