
राष्ट्रिय वाणिज्य बैङ्कमा ४ सय ६५ स्थायी कर्मचारीको माग

राष्ट्रिय वाणिज्य बैङ्कले बरिष्ठ प्रबन्धक देखि नगद सहायक सम्म गरि ४ सय ६५ स्थायी कर्मचारीको आवेदन माग गरेको छ । बैङ्कले २ सय २१ जना खुला र २ सय ४४ जना समावेशी गरि ४ सय ५० भन्दा बढी कर्मचारीको माग गरेको हो ।
जसमा बरिष्ठ प्रबन्धक १ जना, प्रशासन प्रबन्धक १ जना, प्रशासन उपप्रबन्धक १ जना, ६१ जना प्रशासन सहायक प्रबन्धक (प्रशासन) , सहायक प्रबन्धक (कानुन) २ जना, सहायक प्रबन्धक (सूचना प्रविधि) १६ जना, सहायक प्रबन्धक (लेखा) २४ जना, सहायक प्रबन्धक (कृषि) ३ जना, सहायक प्रबन्धक (नगद) ९ जना रहेका छन् ।
त्यस्तै बैङ्कले ५६ जना बरिष्ठ सहायक (प्रशासन), २० जना बरिष्ठ सहायक ( सूचना प्रविधि)को माग गरेको हो । बैङ्कले १ सय ८७ जना सहायक (प्रशासन) ७१ जना सहायक नगदको पनि माग गरेको छ ।
वरिष्ठ प्रबन्धक पदका लागि आवेदन दिने आवेदकले कम्तीमा व्यवस्थापन, वाणिज्य शास्त्र, जनप्रशासन वा मानविकी सङ्कायमा मूल विषय अर्थशास्त्र लिई प्रथम श्रेणीमा स्नातकोत्तर उपाधि हासिल गरी बैंक तथा वित्तीय संस्थामा अधिकृत तहमा कम्तीमा ८ वर्षको अनुभव भएको हुनुपर्नेछ । त्यस्तै प्रबन्धक पदका आवेदकले मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्य शास्त्र, जनप्रशासन वा मानविकी सङ्कायमा मूल विषय अर्थशास्त्र लिई प्रथम श्रेणीमा स्नातकोत्तर उपाधि हासिल गरी बैंक तथा वित्तीय संस्थामा aअधिकृत तहमा कम्तीमा ६ वर्षको अनुभव भएको हुनुपर्नेछ ।
उप-प्रबन्धकको हकमा व्यवस्थापन, वाणिज्य शास्त्र, जनप्रशासन वा मानविकी सङ्कायमा मूल विषय अर्थशास्त्र लिई प्रथम श्रेणीमा स्नातकोत्तर उपाधि हासिल गरी बैंक तथा वित्तीय संस्थामा अधिकृत तहमा कम्तीमा ५ वर्षको अनुभव भएको हुनुपर्ने बैङ्कको प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
त्यस्तै उपप्रबन्धक (लेखा) को हकमा चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरी कुनै सरकारी सेवा वा प्रचलित कानुन बमोजिम दर्ता भएको सङ्गठित संस्था वा बैंक तथा वित्तीय संस्था वा अन्तर्राष्ट्रिय सङ्घ संस्था वा विश्वविद्यालय वा शिक्षक सेवा वा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामा दर्ता भएका कम्पनी, फर्ममा अधिकृत स्तरको पदमा कम्तीमा २ वर्षको अनुभव भएको हुनुपर्नेछ भने सहायक प्रबन्धक तथा सहायक प्रबन्धक (नगद)का लागि व्यवस्थापन, वाणिज्य शास्त्र, जनप्रशासन वा मानविकी सङ्कायमा मूल विषय अर्थशास्त्र लिई स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ ।
सहायक प्रबन्धक (कानुन)का लागि कानुन सङ्कायतर्फ स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने बैङ्कले जनाएको छ । सहायक प्रबन्धक ( सूचना प्रविधि )का लागि कम्प्युटर वा कम्प्युटर साइन्स वा कम्युनिकेसन वा सूचना प्रविधि विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको सहायक प्रबन्धक (लेखा)का लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरेको त्यस्तै सहायक प्रबन्धक (कृषि)का आवेदकले कृषि विज्ञान विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ ।
वरिष्ठ सहायक तथा वरिष्ठ सहायक (नगद) मा आवेदन दिनेले व्यवस्थापन, वाणिज्य शास्त्र, जनप्रशासन वा मानविकीतर्फ अर्थशास्त्र मूल विषय लिई स्नातक उपाधि हासिल गरेको हुनुपर्ने त्यस्तै वरिष्ठ सहायक (सूचना प्रविधि)मा आवेदन दिनेले कम्प्युटर वा कम्प्युटर साइन्स वा कम्युनिकेसन वा सूचना प्रविधि विषयमा स्नातक उपाधि हासिल गरेको हुनुपर्ने बैङ्कले बताएको छ । सहायक तथा सहायक (नगद) मा आवेदन दिनेले भने प्लस टु उत्तीर्ण गरेको हुनुपर्नेछ ।
तह ६, ७, ८ र ९ को खुला समूहका लागि सात सय रुपैयाँ परीक्षा दस्तुर लाग्नेछ । एकभन्दा बढी समावेशी समूहमा भरेमा प्रत्येक थप समावेशी समूहका लागि थप दुई सय रूपैयाँ परीक्षा दस्तुर बुझाउनुपर्ने छ ।
तह ४ र ५ को खुला समूहका लागि भने ५ सय रुपैयाँ परीक्षा दस्तुर लाग्नेछ । प्रत्येक थप समावेशी समूहमा सहभागी हुन थप १ सय रुपैयाँ परीक्षा दस्तुर लाग्नेछ । राष्ट्रिय वाणिज्य बैङ्कको Online Application Portal मा भर्नुपर्ने व्यक्तिगत विवरण, पारिवारिक विवरण, आवेदन समूह, शैक्षिक विवरण तथा आवश्यक भएमा अनुभव र तालिमको विवरण भरे पश्चात् शुल्क भुक्तानी Tab मा गई उपलब्ध माध्यम ( RBB Mobile Banking वा NamastePay वा e-Sewa वा Khalti वा तोकिएको अन्य) मध्ये आफूले बुझाउन चाहेको माध्यममा Click गरी दस्तुर बुझाउनुपर्नेछ ।
समावेशी तर्फ आवेदन दिन चाहनेले सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी वा सम्बन्धित आयोगबाट प्राप्त समावेशी प्रमाणित हुने कागजात पेश गर्नुपर्ने छ ।
Online दरखास्त फाराम भर्न राष्ट्रिय वाणिज्य बैंकको website https://recruitment.rbb.com.np मा गई त्यहाँ राखिएको निर्देशन अनुसार आगामी असार ३० गतेसम्म र दोब्बर दस्तुरमा साउन ४ गतेसम्म भर्न सकिनेछ ।
हेर्नुहोस् सूचना : LINK
