एकैठाउँमा रोजगारीको अवसर र विज्ञको परामर्श कार्यक्रम हुँदै

रिया श्रेष्ठ २०७९ चैत १ गते १९:५४

भर्खरै स्नातक सकेका तथा डिग्री लिएका विद्यार्थीहरूका लागि हामी शिक्वल फाउण्डेसनले एउटा अवसर लिएर आएका छौँ । जहाँ रोजगारीको अवसर खोजिरहेका विद्यार्थीहरू र रोजगारदाताहरूलाई हामीले जोड्ने काम गर्नेछौँ । यसमा तपाईँहरूले रोजगारीको अवसर साथसाथै उचित परामर्श समेत पाउन सक्नुहुनेछ । यो वुमन इन डाटा कन्फ्रेन्स कार्यक्रम चैत्र ३ गते शुक्रवार सञ्चालन हुन लागिरहेको हो । यो दिन ‘करियर इन डाटा’ र ‘वाक इन हायर’ दुईवटा कार्यक्रम एकैसाथ सञ्चालन हुनेछ ।

यो दिनको कार्यक्रम विशेषत विद्यार्थीका लागि सञ्चालन हुनेछ । कार्यक्रममा विभिन्न कम्पनीहरूका प्रमूख तथा उद्यमीहरू मेन्टरका रूपमा बोलाइने छ र उहाँहरूबाट नै विद्यार्थीहरूले करियरलाई कसरी लैजाने, डाटाको क्षेत्रमा के कस्ता अवसरहरू छन्, ती अवसरहरूमा कसरी आवद्द हुन सकिन्छ भन्ने जस्ता विषयमा विज्ञहरूबाट परामर्श पाउनुहुनेछ । यस्तै वाक-इन हायर कार्यक्रममा विभिन्न कम्पनीबाट प्रतिनिधिहरू आउनुहुन्छ । तपाईंको सीप, योग्यताका आधारमा रोजगारदाता कम्पनीले तपाईंलाई रोजगारीको अवसर दिनेछ । यस कार्यक्रममा सहभागि हुन इच्छुकले आफ्नो बायोडाटा लिएर आउन सक्नुहुन्छ । यो कार्यक्रम म्याक्सिम  कुपण्डोलमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ । यसरी सहभागी हुनेले त्यहाँ आउनुभएका आफ्नो इच्छा अनुसारका विभिन्न कम्पनीका प्रतिनिधिहरूमाझ अन्तर्वार्ता दिन सक्नुहुन्छ ।

यसरी अन्तर्वार्ता दिँदा एक वा सो भन्दा बढी कम्पनीका लागि पनि अन्तर्वार्ता दिन सकिनेछ । तपाईंको बायोडाटालाई हेरेर त्यहाँ आएका कम्पनीहरूले रोजगारीका अवसरहरू पनि उपलब्ध गराउन सक्नेछन् । यो सम्पूर्ण प्रक्रियामा हामी तपाईँहरूलाई रोजगारदाता कम्पनीहरूसँग समन्वय गराउने छौँ ।

……

रिया श्रेष्ठ शिक्वल फाउण्डेसनमा कार्यरत छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *