पाँच महिनाको लागि सुपरिवेक्षक र गणक पदमा जागिर खुल्यो

जीविको २०७८ मंसिर १४ गते ९:४५

शिवसताक्षी नगरपालिका व्याङ्गडाँडा, झापाले ५ महिनाको लागि १३ जना करार कर्मचारी (२ जना सुपरीवेक्षक पदमा र ११ जना गणक) को माग गरेको छ । तथ्याङ्क शास्त्र वा जनसङ्ख्या अथवा अर्थशास्त्र वा गणित विषयमा कम्तिमा स्नातक वा सो सरह उत्तीर्ण गरेकाले सुपरीवेक्षणमा आवेदन दिन सक्ने छन भने सोही विषयमा कम्तिमा प्रविणता प्रमाण पत्र वा +२ वा सो सरह उत्तीर्ण गरेकाले गणकको लागि आवेदन दिन सक्ने छन । छनोटमा कम्प्युटर सम्बन्धी ज्ञान भएका लाई प्राथमिकता दिने भनिएको छ ।  १८ देखी ४० वर्ष सम्मका नेपाली नागरिकले यही मंसिर १६ गते मित्र दरखास्त दिन सकिने नगरपालिकाले जनाएको छ  

दरखास्त सँगै पेश गर्नु पर्ने कागजात  

  • नेपाली नागरिकता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि । 
  • शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि । 
  • कम्प्युटर सम्बन्धी ज्ञान भए त्यसको प्रमाण पत्रको प्रतिलिपि । 
  • सम्बन्धित कामको अनुभव भए सो को पत्रको प्रतिलिपि ।
  • २ प्रति पासपोर्ट साइज फोटो । 

परीक्षा को किसिम
१) प्रयोगात्मक परीक्षा
२) मौखिक ( अन्तर्वार्ता ) 

सेवा सुविधा : गरिब परिवार पहिचान तथा परिचय पत्र निर्देशिका २०७५ बमोजिम हुनेछ ।
सम्पर्क मिति : २०७८ मंसिर २२ गते
थप जानकारीको लागि :
फोन : ०२३ – ४७०३२३
वेबसाइट  : www.shivasatakshimun.gov.np 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *