टीकापुर बहुप्राविधिक शिक्षालयमा छोटो समयको निःशुल्क कृषि तालिम

जीविको २०७८ मंसिर ५ गते १६:०५

टीकापुर बहुप्राविधिक शिक्षालय, टीकापुर-कैलालीमा ६५ दिने (३९० घण्टा) निःशुल्क कृषि तालिम सञ्चालन हुने भएको छ । सामान्य लेखपढ गरेका नेपाली नागरिकले मंसिर १० गतेसम्म दरखास्त फारम भर्न सक्नेछन् । शिक्षालयका प्रमूख पारस खड्काका अनुसार कैलालीको चुरे गाउँपालिका आधुनिक प्रविधिको प्रयोगबाट बेमौसमी तरकारी तथा फलफूल खेतीमा अगाडि रहेकाले सोही स्थानमा प्रशिक्षार्थीलाई तालिम दिइने छ । तालिम अवधिभर सहभागीहरूका लागी खाना, खाजा तथा बस्ने व्यवस्था पनि गरिएको शिक्षालयले बताएको छ ।

हेर्नुहोस् सूचना

फारम भर्दा चाहिने आवश्यक कागजात

नेपाली नागरिकताको प्रतिलिपि
पासपोर्ट साइज फोटो २ प्रति

तालिमको विशेषता

महिला, आदिवासी जनजाति, दलित, विपन्नलाई विशेष प्राथमिकता दिने ।
तालिम पछि सीप परिक्षण गरिने ।
आवासीय व्यवस्था ( खाना, खाजा, बस्ने ) सुविधा

तालिम हुने विषयहरू
बेमौसमी तरकारी उत्पादक (Off-season Vegetable producer) – २० जना
फलफूल नर्सरी (Fruit Nursery Technician L –1 ) – २० जना

फाराम पाउने स्थान : चुरे गाउँपालिका वडा नं. १ पालडी कैलाली

प्राङ्गारिक तरकारी उत्पादक (Organic Vegetable Producer L –1) – २० जना
च्याउ उत्पादक (Mushroom Grower L –1) – २० जना
फाराम पाउने स्थान : टीकापुर बहुप्राविधिक शिक्षालय, टीकापुर-कैलाली

विस्तृत जानकारीका लागि निम्न नम्बरमा सम्पर्क गरी बुझ्न सकिन्छ;
फोन : ०९१ -५६१५१३
मोबाइल : ९८६८४२०६९८, ९८५८४२३३२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *