पाँच दशकदेखि सीपमूलक तालिम र अध्ययन गराइरहेको न्याथम (NATHM) मा स:शुल्क सीपमूलक तालिम सिक्ने अवसर

जीविको २०७८ मंसिर २ गते १२:४५

२०२९ सालदेखि होटल तथा पर्यटनका विविध विषयमा निरन्तर तालिम तथा पठनपाठन गराउँदै आएको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (NATHM) रविभवन, कालिमाटीले मङ्सिर तेस्रो हप्तादेखि स:शुल्क सीपमूलक तालिमहरू दिँदै छ । योग्यता पुगेका नेपाली नागरिकहरूले मङ्सिर ७ गते भित्र दरखास्त दिन सक्ने छन् । कुक, वेटर, हाउस किपिङ, बारिस्टा, ट्रेकिङ गाइड लगायतका विषयमा तालिम दिने प्रतिष्ठानले उल्लेख गरेको छ । प्रमुख सूचना अधिकृत, ज्ञानेन्द्र पण्डितका अनुसार हालसम्म प्रतिष्ठानबाट ५६ हजार भन्दा बढीले तालिम तथा अध्ययन गरेर स्वदेश र विदेशमा रोजगारी र उद्यमशीलता गरिरहेका छन् । प्रतिष्ठानको दावीलाई आधार मान्ने हो भने यहाँबाट तालिम तथा अध्ययन गर्नेहरू मध्ये ९० प्रतिशतले सीपका आधारमा अवसर पाएका छन् ।
हेर्नुहोस् विस्तृत विवरण

कसरी दरखास्त दिने ?
१. दरखास्त फाराम प्रतिष्ठान (NATHM) को कार्यालय रविभवन, कालिमाटीबाट वा प्रतिष्ठानको वेबसाइट www.nathm.gov.np बाट पनि डाउनलोड गरी त्यसमा उल्लेख गरिएका सम्पूर्ण विवरणहरू भर्नुहोस् ।
२. दरखास्त फारामको साथमा २ प्रति हालसालै खिचेको पासपोर्ट साईजको फोटो, नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र र अनुभवको प्रतिलिपिहरू प्रतिष्ठानमै गएर बुझाउनु होस् । दरखास्त फाराम दस्तुर रु. ५००/- प्रतिष्ठानको लेखा शाखामा बुझाई सो को सक्कल रसिद दरखास्त फाराम साथ संलग्न हुनु पर्नेछ।
३. अन्तर्वार्ता सम्बन्धी सूचना प्रतिष्ठानको वेबसाइटमा राखिनेछ।

थप जानकारीका लागि ०१-५९७०६०५ मा सम्पर्क गरेर बुझ्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *