त्रि.विले माग्यो ३ सय ४८ उपप्राध्यापक

जीविको २०८२ असोज २ गते १९:५६

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले ३४८ जना उप-प्राध्यापकका लागि आवेदन माग गरेको छ। सर्वाधिक माग व्यवस्थापन विषयमा छ, जहाँ ९१ जना नियुक्ति हुनेछन्। यसमा खुलातर्फ ५०, महिला १४, आदिवासी जनजाति ११, मधेसी ८, दलित ४, अपांगता भएका २ र पिछडिएको क्षेत्रका लागि २ सिट छुट्याइएको छ। कानुनमा ३३, अर्थशास्त्रमा १८, अंग्रेजीमा १४, अंग्रेजी शिक्षामा ८, कम्प्युटर एप्लिकेसनमा १२, नेपालीमा १३, नेपाली शिक्षामा १३, शिक्षाको आधारमा ८, र राजनीति शास्त्र, मनोविज्ञान, समाजशास्त्र र गणितमा ७/७ जना माग गरिएको छ।

आवेदन भदौ २९ गतेदेखि कार्तिक १२ गते राति ११:५९ बजेसम्म दिन सकिन्छ। दोब्बर शुल्क तिरेर कार्तिक १९ गते राति ११:५९ सम्म पनि आवेदन दिन सकिन्छ। अनलाइन आवेदन www.tusc.tu.edu.np वा https://teachervacancy.tu.edu.np मा दर्ता गर्नुपर्छ। योग्यताका लागि कम्तीमा द्वितीय श्रेणीमा स्नातकोत्तर गरेको र आवेदित पदसँग सम्बन्धित विषयमा विद्यावारिधि वा त्रिवि/मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातकोत्तर गरेको हुनुपर्छ।

नियुक्तिका लागि खुला प्रतियोगितामा शैक्षिक योग्यताले २०, अनुसन्धान तथा कृति प्रकाशनले ५०, शिक्षण सेवा अनुभवले १०, लिखित परीक्षा २० र अन्तर्वार्ता २० पूर्णांकको आधारमा सिफारिस गरिनेछ। म्याद नाघेका वा अपूर्ण आवेदनमा कुनै कार्यवाही हुँदैन। थप जानकारीका लागि वेबसाइट हेर्नुहोस्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *