
भारत सरकारको सहयोगमा इरानमा रहेका नेपालीको उद्धारको गरिने

मध्यपूर्वमा बढ्दो तनावको बीच इरानमा रहेका नेपाली र श्रीलंकाली नागरिकहरूको उद्धारका लागि भारत सरकार, इरानस्थित भारतीय दूतावास, र भारतमा रहेको नेपाली दूतावासको सहकार्यमा तयारी सुरु गरिएको छ।
भारत सरकारले सुरुवाती चरणमा १० जना नेपाली नागरिकलाई इरानबाट उद्धार गर्ने योजना बनाएको छ। यो उद्धार प्रक्रिया भारतीय वायुसेनाको सहयोगमा सञ्चालन हुनेछ। नेपाली नागरिकहरूलाई सुरक्षित स्थानमा लैजाने विषयमा भारतीय अधिकारीहरू सक्रिय रूपमा समन्वयमा जुटिरहेका छन्।
इरानमा रहेका नेपाली तथा श्रीलंकाली नागरिकहरूलाई आफ्नो अवस्थाबारे जानकारी दिन र उद्धार प्रक्रिया सहज बनाउन निम्न कार्य गर्न अनुरोध गरिएको छ:
🔹 टेलिग्राम समूहमा सहभागी हुने 👉 टेलिग्राम लिंक: https://t.me/+JrRVXrD9zUIzYjVl
🔹 अनलाइन फारम भर्ने 👉 फारम लिंक: https://forms.gle/EBaySN5pZU4ADyLS8
🔹इमर्जेन्सी सम्पर्क नम्बर +989010144557; +989128109115; +989128109109
यस अनलाइन फारममार्फत नेपाली र श्रीलंकाली नागरिकहरूको संख्या, ठेगाना, र अवस्थाबारे प्रारम्भिक विवरण संकलन गरिँदैछ। दूतावासले जनाएको छ कि सबै नागरिकहरूले फारम भरेमा उद्धार योजना अझ प्रभावकारी हुनेछ।
यसबीच, इरानमा रहेका केही नेपालीहरू सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको छ भने, अन्य केहीले सुरक्षा कारणवश आ–आफ्नो कार्यस्थलमा थुनिएर बस्नुपरेको बताएका छन्।
संभावित जोखिमलाई ध्यानमा राख्दै, सम्बन्धित सबै नागरिकहरूलाई सतर्क रहन र आवश्यक जानकारीका लागि दूतावास वा टेलिग्राम समूहमार्फत निरन्तर सम्पर्कमा रहन आग्रह गरिएको छ।
पढ्नुहोस् – बम र बंकरबीच बाँचेको आशा: इजरायलमा नेपालीहरूको कथा
