
१२ को परीक्षा दिएकालाई सीपमूलक कार्यक्रममा सहभागी हुने अवसर

छोटो समयमा सिक्न सकिने र छिट्टै रोजगारी पाउन सकिने मक्टेल सीपबारे एक दिने अभिमुखीकरण कार्यक्रम काठमाडौँमा हुँदैछ। नेपालका तारे होटलदेखि विदेशका ठूला होटल, रेस्टुरेन्ट र क्रूजसम्म मक्टेल बनाउने जनशक्तिको माग बढिरहेको छ। यो स्वादिलो र रमाइलो पेय पदार्थ बनाउने कला सिकेर तपाईंले होटल तथा आतिथ्य सत्कारका क्षेत्रमा आकर्षक करियर बनाउन सक्नुहुन्छ। यदि तपाईंले कक्षा १२ को परीक्षा दिएर वा एसईई सकेर बस्नुभएको छ भने, काठमाडौं टेक्निकल स्कूलले जेठ १४ गते आयोजना गर्न लागेको फ्री मक्टेल वर्कशप तपाईंको लागि सुनौलो अवसर हो!
यो वर्कशपमा तपाईंले मक्टेल बनाउने काइदा, लाइभ डेमोन्स्ट्रेसन र बारटेन्डिङमा करियर बनाउने सम्भावनाबारे सिक्नुहुनेछ। मक्टेल अहिले विश्वभर ट्रेन्डिङमा छ। यो वर्कशपले तपाईंलाई मक्टेल बनाउने आधारभूत सीप सिकाउनेछ, जसले बारटेन्डिङको क्षेत्रमा पाइला चाल्न मद्दत गर्नेछ। यहाँ तपाईंले मक्टेल बनाउने सामग्रीको मिश्रण, प्रस्तुतिको तरिका र ग्राहकलाई रिझाउने कला सिक्नुहुनेछ।
“यो वर्कशपले तपाईंहरूलाई बारटेन्डिङको अवसर र सम्भावना देखाउनेछ। लाइभ डेमो र करियर गाइडले यो पेशाको विश्वव्यापी माग र राष्ट्रिय अन्तर्राष्ट्रिय अवसरबारे स्पष्ट बुझाइ दिनेछ,” काठमाडौं टेक्निकल स्कूलकी मार्केटिङ मेनेजर आयुष्मा पोख्रेलले भनिन्।
काठमाडौं टेक्निकल स्कूलले आयोजना गरेको यो एकदिनको फ्री वर्कशपमा तपाईंले मक्टेल बनाउने आधारभूत तरिकादेखि लिएर रचनात्मक प्रस्तुति र ग्राहकसँग कसरी कुराकानी गर्ने भन्ने कुरा सिक्नुहुनेछ।
विश्वभर बारटेन्डरहरूले होटल, बार, र क्रूजमा आकर्षक तलब र अवसर पाइरहेका छन्। यो वर्कशपले तपाईंलाई त्यही बाटोमा हिँड्न प्रेरित गर्नेछ।
रजिष्ट्रेसन लिङ्क https://docs.google.com/forms/d/1LrQxlBVWctQ2hTR–YMSuqdAGkA4PF2Xtf5P-ubgbB4/edit
यो एकदिनको वर्कशपले आधारभूत सीप र जानकारी मात्र प्रदान गर्छ। पूर्ण बारटेन्डिङ सीप सिक्न थप तालिम र अभ्यास आवश्यक पर्छ।
जानकारीका लागि
काठमाडौं टेक्निकल स्कूल
सुकेधारा, काठमाडौँ
सम्पर्क: ९८५१३१९३४५, ९८५१३६२२९७
