
१२ कक्षा पास हुनुहुन्छ भने यो अवसर तपाईंका लागि

यदि तपाईंसँग कक्षा १२ वा प्रविणता प्रमाणपत्र तह अथवा सो सरह को शैक्षिक योग्यता छ भने यो अवसर तपाईंका लागि उपयुक्त हुन सक्छ । लोक सेवा आयोगले २ सय ९१ जना नायब सुब्बाको लागि आवेदन माग गरेको छ। २०८० पुष २५ गतेको गोरखापत्रमा एक सूचना प्रकाशित गर्दै आयोगले २०८० साल माघ १६ गतेसम्म आवेदन बुझाउन सकिने बताएको छ ।
सम्पूर्ण जानकारीका लागि तलको सूचनामा क्लिक गर्नुहोस् (हेर्नुहोस् पेज नम्बर १५)
सूचना
त्यस्तै, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २७ पुसमा एक सूचना जारी गर्दै नवौँदेखि चौथो तहसम्मका लागि कर्मचारी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । यसका लागि माघ १८ गतेसम्म आवेदन दिन सकिनेछ । शैक्षिक योग्यताका बारेमा कुरा गर्दा कक्षा १० पासदेखि स्नातकोत्तर गरेकासम्मले आवेदन दिन सक्नेछन् ।
सम्पूर्ण जानकारीका लागि तलको सूचनामा क्लिक गर्नुहोस् ( हेर्नुहोस् पेज नम्बर १२)
सूचना
