 
 
					
				अवसर: अमेरिकी दूतावासले रोजगारीका लागि सीप विकासको सत्र सञ्चालन गर्दै
 
										
											
												जीविको											
											२०७९ माघ  ४ गते १४:४९										
									अमेरिकी दूतावासको मानव संसाधन टोली (Human Resources Team) ले रोजगारीका लागि आवश्यक सीप विकासको सत्र सञ्चालन गर्दै छ । यो कार्यक्रम २० जनवरी (६ माघ २०७९) शुक्रबारका दिन दिउसो २ बजे अमेरिकी दूतावास, काठमाडौंमा हुनेछ । यस सत्रमा बायो डाटा लेखन, अन्तर्वार्तामा आवश्यक सीप, अमेरिकी मिसनका रोजगार आवेदन प्रक्रिया र अमेरिकी मिसन विद्यार्थी इन्टर्नसिप कार्यक्रम बारे जानकारी दिइने आयोजकले जनाएको छ ।
यस कार्यक्रममा सहभागी हुनका लागि यहाँ गएर आफ्नो नाम दर्ता गर्नुहोस् : आवेदन फारम
यस कार्यक्रममा सहभागी हुनेले कार्यक्रम सुरु हुनुभन्दा ३० मिनट अगाडि कार्यक्रम स्थलमा उपस्थित हुनुपर्ने छ भने अनुहार प्रस्ट चिनिने परिचय पत्र पनि साथमा हुनुपर्ने आयोजकले जनाएको छ ।
 
										
											
												जीविको											
											२०७९ माघ  ४ गते १४:४९										
									
							प्रतिक्रिया
							
		
	
						
					
					सम्बन्धित
				
				
 
				 
 									 
 									 
 									 
 									 
 									 
 									 
 									