फोटोः सुप्रिम बिष्ट/जीविको
				वैदेशिक रोजगार बोर्डले खुलायो विद्यार्थीका लागि इन्टर्नसिप
											
												जीविको											
											२०७९ साउन  १० गते ११:५९										
									वैदेशिक रोजगार बोर्डले विश्वविद्यालय अन्तर्गतका आङ्गिक अथवा सम्बन्धन प्राप्त संस्थामा शिक्षा, मानविकी तथा व्यवस्थापन संकायमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूका लागि इन्टर्नसिपको आवेदन माग गरेको छ।
आगामी साउन २४ गते भित्र आवेदन दिइसक्नुपर्ने बोर्डले जनाएको छ । आवेदन फारम www.feb.gov.np बाट डाउनलोड गरि भर्न सकिने छ । इन्टर्नसिप अवधिभर छनोट भएका विद्यार्थीले सामान्य सेवा शुल्क पाउने छन् भने विद्यार्थीको इन्टर्नसिप अवधि आगामी असार मसान्तसम्म रहने छ । छनोटमा परेका विद्यार्थीले कामको चाप र आवश्यकता अनुसार बोर्डको सम्पूर्ण निकायमा संलग्न हुनुपर्ने बोर्डले बताएको छ ।
थप जानकारीका लागि : टोल फ्रि नम्बर ११४१ वैदेशिक रोजगार बोर्डको ०१५३२०३११, ४३३ मा सम्पर्क गर्न सकिने छ ।
हेर्नुहोस् सूचना :

											
												जीविको											
											२०७९ साउन  १० गते ११:५९										
									
							प्रतिक्रिया
							
		
	
						
					
					सम्बन्धित
				
				