
निःशुल्क सीपमूलक तालिम सिक्ने अवसर, ८ कक्षा पासले पनि आवेदन दिन मिल्ने

बागमती प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालय अन्तर्गतको सामाजिक विकास कार्यालयले ११० जनालाई लक्षित गरी विभिन्न शिपमूलक तालिमहरू सञ्चालन गर्न लागेको छ। यसका लागि सामाजिक विकास कार्यालय, हेटौंडाले इच्छुक नेपाली नागरिकहरूबाट आवेदन माग गरेको छ।
१६ वर्षदेखि ४० वर्ष उमेर समूहका नेपाली नागरिकहरूले साउन १९ गतेभित्र आवेदन दिन सक्नेछन्। आवेदन दिन आउँदा पासपोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रतिलिपि र शैक्षिक प्रमाणपत्रहरूको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। दलित, महिला, अपांगता भएका व्यक्ति, विपन्न, जनजाति र एकल महिलालाई तालिममा प्राथमिकता दिइने कार्यालयले जनाएको छ।
तालिमहरू कम्प्युटर अपरेटर, ब्यूटिसियन, कुचकार मिस्त्री, प्लम्बिङ र इलेक्ट्रिसियन सहायक गरी पाँच विधामा सञ्चालन हुनेछन्। कम्प्युटर अपरेटर र ब्यूटिसियन तालिम तीन महिनाका हुने छन् भने कुचकार मिस्त्री, प्लम्बिङ र इलेक्ट्रिसियन सहायक तालिमहरू ६–६ घण्टाका हुनेछन्।
प्रत्येक तालिमका लागि सहभागी संख्या तोकिएको छ। कम्प्युटर अपरेटर र ब्यूटिसियन तालिममा जनही ३० जना, कुचकार मिस्त्रीमा १० जना, प्लम्बिङमा २० जना र इलेक्ट्रिसियन सहायक तालिममा १० जना सहभागी हुने छन्। कम्प्युटर अपरेटर तालिमका लागि न्यूनतम शैक्षिक योग्यता एसईई वा एसएलसी पास हुनुपर्नेछ भने अन्य तालिमहरूका लागि आठ कक्षा पास गरेको हुनु पर्नेछ।
अधिकांश तालिमहरू साउन २१ गते बिहान ११ बजेदेखि सुरु हुने छन् भने इलेक्ट्रिसियन सहायक तालिम साउन २३ गते बिहान ११ बजेबाट सुरु हुने जनाइएको छ।
आवेदन दिने स्थान सामाजिक विकास कार्यालय, हेटौंडा–५, कमनपा रहेको छ। तालिमसम्बन्धी विस्तृत जानकारी र फारमको लागि कार्यालयको वेबसाइट www.sdohhetauda.bagamati.gov.np हेर्न सकिने जनाइएको छ।
थप जानकारीका लागि सम्पर्क नम्बर ०५७- ४१२७१६
हेर्नुहोस् सूचना
