निःशुल्क सीप सिक्ने अवसर, पाँच कक्षा पासले आवेदन दिन मिल्ने

जीविको २०८२ असार २० गते १८:०२

ओल्गापुरी भोकेशनल स्कुलले ५ कक्षा उत्तीर्ण गरेका १८ देखि ३५ वर्ष उमेर समूहका युवाहरूका लागि निशुल्क सीपमूलक तालिम सञ्चालन गर्न लागेको छ।

स्कुलले आगामी साउन ५ गतेदेखि तीन फरक व्यावसायिक क्षेत्रमा तालिम सुरु गर्ने जनाएको छ। तालिमको विवरण :

  • सहायक प्लम्बिङ – ४ महिना 
  • बिल्डिङ इलेक्ट्रिसियन – ४ महिना 
  • फर्निचर मेकर – ६ महिना

यी तालिमहरूमा OJT (On-the-Job Training) समेत समावेश गरिएको छ, जसअन्तर्गत सहभागीहरूले सैद्धान्तिक ज्ञानसँगै कार्यस्थलमा काम गर्ने अभ्यास पनि गर्नेछन्।

तालिम अवधिभर खाजा, खाना तथा आवासको व्यवस्था निःशुल्क रूपमा उपलब्ध हुनेछ।

इच्छुक युवाहरूले साउन २ गतेभित्र आवेदन दिन सक्नेछन्। आवेदन दिनका लागि ०१-५१७३०७५ वा ९८५१२१६०५९ नम्बरमा सम्पर्क गर्न सकिनेछ, वा [email protected] मा इमेल मार्फत जानकारी लिन र फारम बुझाउन सकिनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *