
‘जेन-जी’ लाई डाउट: फेक प्रमिस अति भो, डेलिभर गर!
नीति तथा कार्यक्रम कूल छ, फेरी फूल बनाउला भन्ने डर छ
प्रधानमन्त्रीको मुखमा झुण्डिएको जेन जी पुस्ता, यो पुस्ता स्मार्टफोन र इन्टरनेटमा रमाउने, टिकटकदेखि स्टार्टअपसम्म आफ्नै बाटो बनाउने युवाहरु समूह हो। सन् १९९७ देखि २०१२ को समयमा जन्मिएकाहरू जसलाई ‘जेन- जी’ भनिन्छ, उनीहरूमा अलिक धेरै सपना पछ्याउने रहर, पहिचान बनाउने आकांक्षा र भोलिको दुनियाँमा आफ्नै स्टाइलमा चिल गर्ने प्लानमा छ ।
परिणाम तत्कालै खोज्ने, अलि धेरै अधैर्य र सम्भावना उजागर गर्नका लागि आफ्नै कोठादेखि विश्वका कुनाकुनासम्म पुग्ने ल्याकत राख्ने जेन्जीलाई अब सरकारले धरातल नै नभएका सपना देखाउने आँट नगरोस्।
अहिलेको टिनएजर जेन जीलाई थाहा छ ऊ अबको ५ वर्षमा कुन देशमा हुन सक्छ, कुन करियरले पैसा दिन्छ, कुन भाषा बोल्दा इन्टरनेटले प्राथमिकता दिन्छ। जेन जीको मोबाइलमा अहिले नै युट्युबको एल्गोरिदमले क्यानडा, अस्ट्रेलिया, जर्मनीको जीवनशैली सुझाइसकेको छ। उनीहरूलाई सरकारको नीति बारे थाह छैन बरु थाह छ कुन स्किलले उसको जिन्दगी ‘वर्क फर होम’ वा ‘वर्क फर वर्ल्ड’ बनाउने हो भन्ने कुरा।
त्यही भएर होला, आज बिहान दालभात फ्लेवरको इनर्जी मिल खाइसकेपछि, म नेपाल सरकारको २०८२/८३ को नीति तथा कार्यक्रम PDF खोलेर “जेन जी नेपाली” क्विक स्क्यान गरें । । उमेरले म मिलेनियम र जेन जेडको सिमामा उभिएको मान्छे हुँ, तर सोच, खोज र रोजाइको लहरमा म स्पष्टसँग जेन-जी नै हुँ।
यो ६० पेजको दस्तावेज, कोठा छेऊ ग्वार्को चोकको जामजस्तै बाक्लो लाग्दै थियो त्यहि पनि जेन-जी शब्द यत्र तत्र सर्वत्र भएर पल्टाएर हेरौँ हेरौँ लाग्यो र एकछिन घोत्लिएँ ।
यो कार्यक्रमले हाम्रो टिकटक पुस्तासँग भाइभ्स मिलाउँछ मिलाउँदैन ? कि बुमरहरूको पुरानो कुरालाई डिजिटल मसीले पोतिएको मात्र हो? आउनुहोस्, यो नीति-भोजमा डुबौँ, जेन-जीको स्पाइसी लेन्सबाट हेरौँ, हिट हो कि फ्लप पत्ता लगाऔँ।
मान्नुहोस्, नीति तथा कार्यक्रम सरकारको वार्षिक शो-रिल हो जहाँ सडकको खाल्डोदेखि गरिबी, सबै ठीक गर्ने बाचा हुन्छ।
यसमा ठूल्ठूला सपना छन्, आर्थिक वृद्धि, भ्रष्टाचारमाथि ह्यामर, र हरेक नेपाली गफमा मस्ती गर्दै रमाएको दृश्य सबै अटाएका छन्।
खासमा चाहिँ बजेट आओस्, नीति कार्यक्रम आओस्, चुनाव आओस् त्यसलाई पढे नपढे, हेरे नहेरे पनि हामीजस्ता जेन-जीको एउटै सवाल हुन्छ : यो हाम्रो गिग इकोनोमी (स्वतन्त्र, छोटो काम) को हसल, जलवायु विपद्, र म:म खान साथीलाई सापट माग्नुपर्ने बाध्यता हटाउने विषयसँग म्याच गर्छ कि गर्दैन?
सरकारले केही हिट कुरा गरेको छ। डिजिटल इकोसिस्टम, स्टार्टअप लोन, र नेपाललाई साहसिक पर्यटनको हटस्पट बनाउने योजनाले जेन-जीको आँखा तान्छ। शिक्षालाई “जीवन उपयोगी” बनाउने र स्वास्थ्य सेवा सुलभ गराउने कुराले राति २ बजे गुगलमा डिजिज र डायग्नोसिस खोज्नुपर्ने बाध्यता हट्ने हो कि झैँ लाग्छ । यी विषयलाई चाहिँ क्रेडिट दिनैपर्छ। तर कुरो के हो भने, यस्ता बाचा हाम्रा बुवा-आमाले बेल-बटम युगमा मा पनि सुनेका थिए। नयाँ के छ?
डिजिटाइज गर्ने विषयमा सरकारको भाइभ्स बलियो छ। “डिजिटल नेपाल” को नारा यति ठूलो-ठूलो बोलेर हल्ला गरिएको छ, सडकमा चिया-चुरोट बेच्ने दाइले सुन्दा पनि यो हाम्रो कुरा होइन जस्तो लाग्छ।
सिटिजन एपमा सार्वजनिक सेवा, डिजिटल बैंकिङ, र नेपालको स्याटलाइट (चन्द्रमा पुग्ने मूड!) को कुरा छ। बिचौलियालाई घुस नदिई, दशैँमा लाइन बिना बस टिकट बुक गर्ने वा कर तिर्ने सपना लिट छ।
सरकारले डिजिटल नेपाल फ्रेमवर्क र साइबर सेक्युरेटीमा काम सुरु गरेको छ, कुरो गज्जब छ ।
तर होल्डअन ! दस्तावेजले नै भन्छ, गाउँमा इन्टरनेट अझै लठ्ठी छ। मेरो इलामको कजनले वाट्सापमा अस्ती भर्खर मलाई डकुमेन्ट पठाउँदा आधाघण्टा माथि डाँडो चढ्नुपर्यो । सिटिजन एपको कुरो कूल छ, तर बिग सेलमा अनलाईन सपिङ एप क्र्यास भएजस्तै भयो भने?
AI र डिजिटल इकोसिस्टमको खत्रा हाइप छ, तर हरेक टोल मा वाइफाइ बिना यो सडकविहीन गाउँमा टेस्ला दिने जस्तो हो। जेन जी चाहन्छ: भरपर्दो इन्टरनेट र युजर-फ्रेन्डली एप, नो क्र्यास सरर इन्टरनेट!
जेन जीको वाईफाईमा पैसा सकिनु, मोबाइलमा डाटा सकिनु पछिको दोस्रो नाइटमेयर हो- बेरोजगारी। सरकारले “आन्तरिक रोजगारी दशक” घोषणा गरेको छ, र यो हिट हो। स्टार्टअप लोन, कृषि आधुनिकीकरण, र पर्यटनलाई मनी मेकर बनाउने योजना छ। युवालाई ग्लोबल मार्केटका लागि तालिम र रेमिटेन्स हाइड्रोपावरमा हाल्ने कुरा अख्खा छ। यो चाहिँ पासपोर्ट बनाउनुपर्दैन कि भन्ने खालकै भाईभ्स हो ।
तर यो सरकारको आश पनि के गर्नु, हाम्रो अहिलेको रिलेसनसिप जति त टिक्दैन, यार! आज ठूला प्रोमिस गर्छ, भोलि सरकारनै फेरिन्छ। सरकारी कार्यक्रमको प्रमिस चाहिँ डेटमा ‘आउँछु’ भनेर नआएको फिल दिने खालकै हुन्छन् । यो प्रमिस सम्झेर पछि मिम बनाएर हास्ने दिन चाहिँ नआओस्, सरकार!
नेपाल सरकारको २०८२/८३ को नीति तथा कार्यक्रमले १० लाख रोजगारीको ठूलो ब्यानर झुन्ड्याएको छ, मानौँ यो कुनै टिकटक ट्रेन्ड हो! तर २०७५/७६ को फ्ल्यासब्याकमा फर्किंदा यो “पुरानो गीत, नयाँ रिमिक्स” जस्तो लाग्छ। त्यतिबेला “सबैलाई जागिर” भन्दै माइक ठोकेको सरकारले २०७५/७६ देखि २०७७/७८ सम्म १६.७५ लाख श्रम स्वीकृति बाँड्यो, धेरैजसो खाडीको मरुभूमिमा पसिना बगाउन गए। यो नयाँ १० लाखको सपना लोभलाग्दो छ, तर गिग इकोनोमी र ठोस रणनीति बिना यो पनि “हावादारी च्यालेन्ज” बनेर टिकटकमा भाइरल हुने खतरा छ। बरु राइड सेयरिङ गरेर जीवन चलाउने र टिकटक क्रिएटरलाई सपोर्ट गर्ने नीति ल्याए जेन-जीले स्टोरीमा “फायर” इमोजी हाल्थे!
तर स्पाइसी कुरा: “पब्लिक-प्राइभेट पार्टनरशिप” र “कोअपरेटिभ्स” ले ठूला माछालाई फाइदा पुग्ने, हामीले हसल गर्ने भन्ने गन्ध दिन्छ।
स्टार्टअप लोन बिराटनगरको चिया पसलमा सपना देख्नेलाई पुग्छ कि काठमाडौँको फेन्सी बिजनेस प्लानवालालाई मात्र? कृषिमा जेन-जी फर्काउन कन्भिन्स कसरी गर्छ? मेरो साथी विशालको अर्गानिक साग फलाउने प्लान फ्लप भयो, किनभने मार्केट रिग्ड छ। अनि गिग इकोनोमी?
जेन जी चाहन्छ: बिचौलिया लाई नो चान्स, गिग वर्कको प्रोत्साहन र साना शहरमा लोन।
शिक्षा र स्वास्थ्य: प्राक्टिकल कि प्रमिस?
शिक्षामा जेन-जीले रिसिप्ट खोज्छ। नीतिमा “जीवन उपयोगी” शिक्षा, टेक्निकल तालिम, र डिजिटल लर्निङको कुरा छ। प्राइभेट-कम्युनिटी स्कूल एकीकरण सोलिड छ।
तर, फन्ड र शिक्षक तालिमको डिटेल छैन। “कम्प्युटर क्लास” अझै MS Word ठान्ने शिक्षक कसरी अपडेट हुन्छ? नीतिमामा फ्री शिक्षा भनिएको छ, तर मेरी भतिजी ग्रेड ५ मा छ, उसले दशक पर्खन सक्दिन। “रिसर्च युनिभर्सिटी” १% लाई हो, हामीलाई होइन। जेन-जी चाहन्छ: कोडिङ, डिजिटल मार्केटिङ, र फाइनान्सियल लिटरेसी सिकाउने स्कूल।
बच्चालाई फ्री क्यान्सर ट्रीटमेन्ट, न्यूरोसाइन्स सेन्टर, र स्वास्थ्य बिमा। “हेल्दी नेपाल” ले प्यारासिटामोल संकट खेप्नुपर्ने बाध्यता हटाउला । तर के गर्नु गाउँमा डाक्टर छैन। मेरो हजुरबा उता इलाममा तीन घन्टा हिँडेर चेकअप गर्न जानुहुन्छ ।
बिमा विस्तारको कुरो राम्रो छ, तर जेन-जी चाहन्छ: गाउँमा डाक्टर र युजर-फ्रेन्डली बिमा।
जलवायु परिवर्तन जेन-जीको एनजाइटी हो हामीले बाढी र गर्मी छल्नुपर्छ। नीतिमा हरित बास्ना छ : जलवायु फाइनान्स, शून्य कार्बन, र चुरे संरक्षण, सोलार र हाइड्रोजन इनर्जीको कुरा होपफुल छ। जलवायु फन्ड गाउँ पुग्छ कि मन्त्रीको पकेटमा हराउँछ?
खै मेरो गाउँको बत्ती हेर्दा चाहिँ यो कुरो पनि हावादारी जस्तै लाग्छ ।
जेन-जी चाहन्छ : प्लास्टिक ब्यान, राम्रो बस सर्भिस, र गाउँमा सोलार।
एक जेन-जीको सुझाव
जेन-जीको लेन्समा यो नीति हाफ-बोइल्ड छ ।
हिट: डिजिटल नेपाल, स्टार्टअप, शिक्षा-स्वास्थ्य सुधार।
मिस: गिग इकोनोमी र क्लाइमेट एङ्जाइटीमा साइलेन्स। सरकारले ठूल्ठूला कुरा गर्छ, तर कार्यन्वयनमा चुक्छ।
यो नीति आशाले ले भरिएको छ, तर डेलिभरी मा फेल भयो भने इन्स्टामा मिम बनाएर रोस्ट गर्छौँ।
सरकारज्यू, जेन-जी भिड्न तयार छ, तर हामीलाई वाइफाइ, जागिर, र क्लिन एयर चाहिन्छ। यो हाम्रो च्यालेन्ज हो: इम्प्रेस गर्नुहोस्, कि रोस्ट का लागि रेडी! फेक प्रमिस अति भो, डिलिभर गर!
