नेपाली सेनामा रोजगारीको अवसर २५ सय बढि आवेदन माग

जीविको २०८२ वैशाख १६ गते १३:५१

नेपाली सेनाले आगामी वर्षका लागि २५ सयभन्दा बढी जनशक्तिको आवेदन मागेको छ । सेनाले सामान्य सैनिक, फलोअर्स र प्राविधिक सहायकका रूपमा विविध पदहरूमा आवेदन मागेको हो ।

नेपाली सेनाले सामान्य सैनिक पदमा सबैभन्दा बढी जनशक्ति माग गरेको छ, जसमा कुल २३०० जना सैनिक भर्ती हुनेछन्। यसका अतिरिक्त, प्राविधिक र सेवा सहायकका विभिन्न पदहरूमा २७० जनाका लागि दरखास्त खुला गरिएको छ। यी पदहरूमा मुख्यत: फलोअर्स, कम्प्युटर अपरेटर, हस्पिटल क्लिनर, प्लम्बर, सिलाइकटाइ, बिजुली मिस्त्री, वेल्डर, पाककला सहायक र अन्य सेवासम्बन्धी कार्यका लागि जनशक्ति आवश्यक छ। यी पदहरूमा भर्ती गरिने व्यक्तिहरूले नेपाली सेनामा विभिन्न प्रकारका प्राविधिक र सहायक कार्यहरूमा योगदान पुर्याउनेछन्। 

महिला, दलित, जनजाति, मधेसी, पिछडिएका क्षेत्रका उम्मेद्वारहरुले समावेशि तर्फ समेत आवेदन दिन सक्नेछन् । पूर्वसैनिकका सन्तानलाई विशेष प्राथमिकता दिइने । 

त्यस्तै, प्राविधिक सहायकका पदहरू जस्तै लेखा सहायक, पशु सेवा सहायक, रेडियो मिस्त्री, र अन्य उच्च दक्षता आवश्यक पर्ने पदहरूमा पनि सेनाले आवेदन मागेको छ । यसमा योग्य व्यक्तिहरूले प्राविधिक सीप र दक्षता अनुसार सेनामा योगदान पुर्याउनेछन्।

आवेदन दिनका लागि योग्य उम्मेदवारहरूले अनलाइन आवेदन दिनुपर्नेछ। recruitment.nepalarmy.mil.np मा गएर आवेदन प्रक्रिया दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद २०८१ वैशाख २७ गतेसम्म रहनेछ। दोब्बर दस्तुरमा आवेदन दिने चाहनेहरूले भने थप ७ दिन अर्थात् जेठ ३ गतेसम्म आवेदन दिन सक्नेछन्।

नेपाली सेनामा भर्ना दिनका लागि उम्मेदवारलाई केही निश्चित शैक्षिक र शारीरिक मापदण्ड पुरा गर्नु पर्नेछ। सामान्य सैनिकको पदमा दरखास्त दिनका लागि न्यूनतम कक्षा ८ पास भएको हुनुपर्नेछ । उम्मेदवारको शारीरिक उचाइ पुरुषको लागि ५ फिट ३ इञ्च, जबकि महिलाका लागि ५ फिट अनिवार्य गरिएको छ। साथै, तौलमा पनि पुरुषका लागि कम्तीमा ५० किलो र महिलाका लागि ४० किलो हुनुपर्नेछ।

फलोअर्सका पदहरूको लागि कक्षा ८ पास र साङ्गठानिक कार्यसम्पादनमा  । यी पदहरूमा मुख्य रूपमा व्यावसायिक सीप र प्राविधिक दक्षताका आधारमा उम्मेदवारको छनोट हुनेछन्।

हेर्नुहोस् आधिकारीक सूचना

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *