
यी १० निकाय जहाँ नि:शुल्क सीप सिक्न पाइन्छ

“इन्जिनियरको भन्दा मिस्त्रीको कमाइ धेरै छ, तर सीप प्रतिको हाम्रो सोच भने साँघुरो छ” सीप सिक्न नखोज्ने नेपाली युवाहरूको प्रवृत्तिलाई लक्षित गर्दै ट्रेनिङ सेन्टर नेपालका निर्देशक अर्नराज सिलवालले जीविको संवादमा भनेका थिए । एउटा बच्चाले गर्व गरेर आफू डकर्मीको सन्तान भन्नसक्ने अवस्था जबसम्म आउँदैन तबसम्म सीपप्रतिको सोचमा तात्विक भिन्नता नआउने निर्देशक सिलवाल बताउँछन् ।
के बिना पैसा सीप सिकेर दक्ष बन्न सम्भव छ ? कहाँ सिक्न पाईन्छ नि:शुल्क सीप ? कसरी बुझाउने आवेदन ?
यदी तपाईंसँग सीप सिक्नका लागि पैसा छैन तर सीप सिकेर स्वदेशमै आत्मनिर्भर हुने इच्छा छ वा वैदेशिक रोजगारीमा गएर स्तरीय कमाइ गर्ने योजना छ भने यो सामाग्री तपाईंका लागि उपयोगी हुन सक्छ :
भिडियो हेर्नुहोस् जीविको मिडियामा
यस सामाग्रीमा हामीले नेपालमा रहेका यस्ता १० वटा विभिन्न निकायका बारेमा बताउँदै छौं, जहाँबाट तपाईंले नि:शुल्क सीप सिक्न सक्नुहुन्छ । अर्थात्, सीप सिक्नका लागि तपाईंसँग इच्छाशक्ती भए पुग्छ, पैसा नै चाहिन्छ भन्ने छैन ।
१. आफ्नै गाउँपालिका/ नगरपालिका
अहिले स्थानीय निकायले आफ्नै अग्रसरतामा विभिन्न सीपमूलक कार्यक्रम संचालन गरिरहेका छन् । तसर्थ, वडा वा पालिकामा गएर आफूले सीप सिक्न चाहेको कुरा बताउनुहोस् । सीपमूलक तालिम संचालन हुँदा तपाईंको स्थानीय निकायले तपाईंलाई अवसर दिनेछ ।
२. वैदेशिक रोजगार बोर्ड
वैदेशिक रोजगारीमा जान चाहने, विदेशबाट फर्किएका र वैदेशिक रोजगारीमा संलग्नका परिवारका सदस्यलाई वैदेशिक रोजगार बोर्डले पनि निःशुल्क सीप सिकाइरहेको छ । बोर्डमा सम्पर्क गरेर तालिम लिने प्रकृया बुझ्न सक्नुहुन्छ ।
वैदेशिक रोजगार बोर्डको वेबसाईट: https://feb.gov.np/
वैदेशिक रोजगार बोर्डको सम्पर्क नम्बर: ०१-५३२०३११, ०१-५३२०४३३
श्रम कल सेन्टर नं. १६६००१५०००५, ११४१
३. सुरक्षित आप्रवासन परियोजना-सामी
सामीको ४३ वटा जिल्लामा आप्रवासी स्रोत केन्द्रहरू रहेका छन् ।
वैदेशिक रोजगारीमा जाने प्रक्रियामा रहेकाहरुलाई सुरक्षित आप्रवासन परियोजना सामीले निशुल्क खाना बस्न सुविधा सहित सीपमुलक तालिम प्रदान गर्दछ । पासपोर्ट भएका वा पासपोर्ट बनाउने प्रक्रियामा रहेकाहरूले रसिदलाई प्रमाणको आधारमा पेश गरेर तालिम लिन सकिन्छ । ३८ वटा जिल्लामा आप्रवासी स्रोत केन्द्रहरू रहेकोमा ५ वटा जिल्ला गुल्मी, पाल्पा, अर्घाखाँची, पर्वत र म्याग्दी गरेर हाल ४३ वटा जिल्लामा सामीको स्रोत केन्द्रहरू रहेका छन् । यहाँ गएर सीप सिक्नका लागि तपाईंले नाप टिपाउन सक्नुहुन्छ ।
सामीको वेबसाईट: https://www.sami.org.np/
सामीको सम्पर्क नम्बर: ०१-५४२१०६३ / ०१-५४३७१४८
सामीको आप्रवासी स्रोत केन्द्रहरूको नम्बर
४. उद्योग तथा वाणिज्य कार्यालय, काठमाडौँ
उद्योग तथा वाणिज्य कार्यालय, काठमाडौँले समयसमयमा निशुल्क सीपमुलक तालिम संचालन गर्ने गरेको छ । कार्यालयको सम्पर्क नम्बरमा फोन गरेर सूचना पाउन सकिन्छ ।
उद्योग तथा वाणिज्य कार्यालय, काठमाडौँ सम्पर्क नम्बर: ०१-५३६१४५०
उद्योग तथा वाणिज्य कार्यालय, काठमाडौँ फेसबूक
५. राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान भैसेपाटी, ललितपुर
भैसेपाटी, ललितपुरमा रहेको प्रशिक्षण प्रतिष्ठानबाट पनि निशुल्क सीप सिक्न पाईन्छ । कार्यालयको वेबसाईट नियमित हेर्नुहोस् र तालिमका बारेमा थाहा पाउनुहोस् ।
राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान भैसेपाटी, ललितपुर वेबसाईट: https://vsdta.gov.np/
राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान भैसेपाटी, ललितपुर सम्पर्क नम्बर: ०१-५५९०८०० / ५५९०८०१ / ५५९०२५४
६. लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र
केद्रले वार्षिक कार्यक्रम अनुसार देशैभरी विभिन्न सीपमुलक तालिम संचालन गरिरहेको हुन्छ । गत वर्ष पनि २१ विषयमा १ हजार ४७५ जनालाई सीपमुलक तालिम दिने योजनाले आवेदन माग गरेको थियो ।
लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, वेबसाईट: https://www.mcsipc.gov.np/
लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, सम्पर्क नम्बर: ०१-५३५१५३८
७. प्रदेश सरकारका व्यावसायिक तथा सीप विकास तालिम केन्द्रहरू
प्रदेश सरकार अन्तर्गतका विभिन्न मन्त्रालयले पनि निशुल्क सीपमूलक तालिम संचालन गर्दै आइरहेको छ । प्रदेश सरकारका व्यावसायिक तथा सीप विकास तालिम केन्द्रहरूले दिने यस्तो तालिममा सहभागी हुन वेबसाईट वा सम्पर्क नम्बरमा फोन गर्नुहोस् ।
- व्यावसायिक तथा सिप विकास तालीम केन्द्र – गण्डकी प्रदेश
- व्यवसायिक तथा सीप विकास तालीम केन्द्र, पर्वत
- व्यावसायिक तथा सिप विकास तालीम केन्द्र,धनुषा
- व्यवसायिक तथा सीप विकास तालिम केन्द्र धनगढी, कैलाली
- कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत
- व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान, बुटवल
- व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, हेटौंडा
- व्यावसायिक प्रशिक्षण केन्द्र, इटहरी
- सामाजिक विकास मन्त्रालय, कोशी प्रदेश
८. काठमाडौँ महानगरपालिकासँगै, पोखरा, बीरगञ्ज, बिराटनगर, ललितपुर अनि भरतपुर महानगरपालिका
९. विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाहरू अर्थात् NGO INGO हरू
ओल्गापुरी सोसल इन्टरप्राइज बुङ्गमतीले पनि समय समयमा सीपमूलक तालिम नि:शुल्क संचालन गरिरहेको हुन्छ । थप जानकारीका लागि : ०१-५१७३०७५, ९८५१२२५२७० वा संस्थाको इमेल [email protected]
१०. र तपाईं युवा हुनुहुन्छ र आफ्नै उद्यम गर्दै हुनुहुन्छ भने उद्यमशीलता विकासका तालिमहरू राष्ट्रिय युवा परिषदबाट पनि पाउन सकिन्छ ।
भिडियो हेर्नुहोस्
यी १० निकाय जहाँ निःशुल्क सीप सिक्न पाइन्छ
निःशुल्क सीप सिक्ने सजिलो तरिका
