 
 
					
				गर्वले भन्छु, म किसान हुँ !
मिरमिरे बिहानमा काँधमा हलो, जुवा बोकेर हिँड्दछु
आँउदैन मलाई झूटको खेती, बालिनाली मात्रै चिन्दछ ।।
सुन्दैन कसैले मेरो गाथा, घामपानी साथी बनेर
मिठो निन्द्राले रात बित्छ, दिनभरी खेत खनेर ।।
बाह्र महिनाको श्रमले पुग्दैन, छ महिना मीठो खानलाई
छ महिना घरबारी भनेपनि, बाध्य छु कालापहाड जानलाई ।।
झ्याँउकिरीको आवाजले लगि, जुनकीरीले फर्काउँछ
पापको खेती होइन तर, मिटरब्याज जोड्छु भनी थर्काउँछ।।
मानो रोपी मुरी उत्पादन गर्ने,  कृषक म बनेर
खुसी बनाइ परिवार पाल्दछु, धुलो माटो खनेर ।।
श्रमको मूल्य गर्न नसक्ने समाजमा, कृषक भएर गर्व गर्दछु
सुन, चाँदी, हिराको घमण्ड गर्नेको, अन्नले मुख भर्दछु ।।
धुलो, माटो, कुटो , कोदाली गरि, खेती किसानी गर्नेछु
पापको खेतीले बाच्नु भन्दा, उद्यमी कृषक बनेर मर्नेछु ।।
…
कालिकोट, कर्णाली
 
										
											
												हिमाली पाण्डे											
											२०८० असार  १६ गते ९:४५										
									
							प्रतिक्रिया
							
		
	
						
					
					सम्बन्धित
				
				
 
				 
 									 
 									 
 									 
 									 
 									 
 									 
 									