फोटो : पुष्कल श्रेष्ठ/ जीविको
तिहारको बिदामा पनि वैदेशिक रोजगार कार्यालय खुल्ने
वैदेशिक रोजगार विभाग अन्तर्गतको वैदेशिक रोजगार कार्यालय ताहाचलले तिहारको उपलक्ष्यमा यही कार्तिक ७ देखि १३ गतेसम्म सरकारले दिएको बिदाको दिन पनि ७ गते र ८ गतेको दिन पनि कार्यालयबाट प्रवाह हुने नियमित सेवा प्रवाह गर्ने भएको छ । रोजगार कार्यालयका अनुसार वैदेशिक रोजगार सम्बन्धी संवेदनशील कार्यहरू स्थगित गर्दा सेवाग्राही साथै सरोकारवालालाई असर नपरोस् भन्ने उद्देश्यले सार्वजनिक बिदाका दिनपनि कार्यालय खोल्ने निर्णय गरेको हो ।
वैदेशिक रोजगार कार्यालयबाट विशेषत श्रम स्वीकृति प्रदान गर्ने, श्रम स्वीकृति नवीकरण गर्ने, वैदेशिक रोजगारको म्यादी बिमा शुल्कको भुक्तानी लिने, वैदेशिक रोजगार व्यवसाय सञ्चालनको इजाजत पत्र प्रदान, नवीकरण कारवाही तथा संस्था खारेज गर्ने, वैदेशिक रोजगार अभिमुखीकरण सम्बन्धी तालिम प्रदान गर्ने, संस्थालाई अनुमति प्रदान गर्ने तथा नियमन गर्ने, वैदेशिक रोजगार सम्बन्धी उजुरीको अनुसन्धान गर्ने, कामदारलाई राहत तथा क्षतिपुर्ती उपलब्ध गराउने, वैदेशिक रोजगारमा हुने ठगी नियन्त्रण सम्बन्धी कार्यहरू गर्ने, वैदेशिक रोजगार सम्बन्धी गुनासो सुन्ने, विमानस्थलमा कामदारलाई सहजीकरण गर्ने जस्ता वैदेशिक रोजगार सम्बन्धी महत्वपूर्ण कामहरू गर्दै आएको छ।
हेर्नुहोस् सूचना

