नवीन उद्यमको सोच भएका युवालाई युवा परिषद्ले सघाउने, यसरी सहयोग लिनुहोस्

जीविको २०७९ भदौ २७ गते १५:४०

राष्ट्रिय युवा परिषद्ले नवप्रवर्तन तथा इन्क्युवेसन सेन्टर साथै नमुना विकासका लागि १६ देखि ४० वर्षका युवाहरूको आवेदन माग गरेको छ । उद्यम तथा व्यवसायका नवीन सोच भएका तर आवश्यक पूँजी र उद्यम थालनी गर्ने तरिकाबारे थाह नभएका युवाहरुले दरखास्त भर्न पाउने छन् ।

“जोसँग आइडिया छ तर त्यसलाई व्यवहारमा उतार्ने सीप, स्रोत छैन उहाँहरूलाई यो कार्यक्रमले सहयोग गर्ने छ,” युवा परिषद्का सूचना आधिकारी अशोक पराजुलीले बताए ।

परिषदबाट सञ्चालन हुने कार्यक्रम मार्फत युवाहरूका नवीन सोचहरूलाई व्यवसायमा परिणत गर्न सहयोग पुग्ने छ । यसरी छनोटमा परेका युवाहरूका व्यवसायलाई परिषदले इन्क्युवेसन (व्यवसायलाई मलजल गर्ने) सेवा पनि प्रदान गर्ने छ ।

नयाँ उद्यमशील सोच भएका युवाहरूले २०७९ असोज २३ गतेसम्म www.nyc.gov.np वा राष्ट्रिय युवा परिषद्को फेसबुक पेज https://www.facebook.com/nationalyouthcouncilnepal/ मार्फत अनलाई फारम भर्न सक्नेछन् ।

उनी भन्छन्, “हामी छनोटमा परेका सोचहरूमध्ये उत्कृष्ट छनोट गरि व्यवसायलाई चाहिने आर्थिकदेखि इन्क्युवेसन सेवासम्मका सहयोग गर्ने छौँ, जसले स्टार्टअपलाई हुर्काउन मद्दत मिल्ने छ ।”

यसरी आवेदन परेकामध्ये छनोट भएकाहरूले प्रथम चरणमा भौतिक रुपमा आफूले गर्न चाहेको व्यवसायबारे प्रस्तुती दिनुपर्ने छ । यसरी आफ्नो व्यवसायबारे भौतिक रूपमा जानकारी दिइसकेपछि दोस्रो चरणको नतिजा सार्वजानिक गरिने युवा परिषद्ले जानकारी दियो ।

हेर्नुहोस्, सूचना

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *