साताको एक दिन श्रमिकले अब सोझै मन्त्रीसँग गुनासो राख्न पाउने
											
												जीविको											
											२०७९ भदौ  ५ गते १५:२९										
									श्रम सम्बन्धी ठगी, हिंसा वा कुनै अन्याय भएको छ भने अब तपाईंले आफ्नो गुनासो, उजुरी सोझै विभागीय मन्त्रीलाई बताउन सक्नु हुनेछ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालन गरेको कल सेन्टरमा प्रत्येक आइतबार श्रममन्त्री शेरबहादुर कुँवरले बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा प्रत्यक्ष श्रमिकहरूको गुनासो सुन्ने छन् । निःशुल्क रूपमा ११४१ र १६६००१५०००५ (नेपाल टेलिकम) विदेशबाट सशुल्क ०१५९७०००८ र भाइबरमा ९८०१८०००१३ मा फोन गरेर मन्त्रीसँग गुनासो राख्न मिल्ने व्यवस्था मन्त्रालयले गरेको छ ।

श्रमिकले गरेका गुनासो र समस्या सुनेर सम्बोधनका लागि मन्त्रीले निर्देशन दिने मन्त्रालयले जनाएको छ ।
											
												जीविको											
											२०७९ भदौ  ५ गते १५:२९										
									
							प्रतिक्रिया
							
		
	
						
					
					सम्बन्धित
				
				