कतारको जेलमा रहेका २१ नेपालीले पाए आममाफी
											
												जीविको											
											२०७९ वैशाख  ७ गते १५:३२										
									विभिन्न कारण बस कतारको जेलमा सजाय भोगिरहेका २१ जना नेपाली श्रमिकलाई कतार सरकारले आममाफी दिएको छ । मुस्लिम धर्मावलम्बीहरूको पर्व रमादानको अवसरमा नेपाली दूतावास कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले उनीहरूलाई आममाफी दिएका हुन् ।
दूतावासका अनुसार माफी पाउनेमा यौनजन्य क्रियाकलापमा ३, चोरीजन्य क्रियाकलापमा ११, मादकपदार्थ बिक्रीवितरणमा २ र ५ जना आर्थिक हिनामिना कसूरदार ठहरी सजाय भोगिरहेका नेपाली छन् ।
कतार स्थित नेपाली दूतावासको अनुसार आममाफी पाएका व्यक्तिलाई सम्बन्धित निकायले जानकारी गराउने प्रक्रिया रहेको छ ।
हेर्नुहोस् सूचना
 
स्रोत : नेपाली दुतावास कतार
											
												जीविको											
											२०७९ वैशाख  ७ गते १५:३२										
									
							प्रतिक्रिया
							
		
	
						
					
					सम्बन्धित
				
				